Thursday, September 28, 2017

डिप्रेशन सराेकार - The Depression Concern

अवशाद – डिप्रेशन सरोकार


मानसीक रोग जीन्दगीका हरेक पाटाहरू छोप्ने कडा रोग हो तर पनि गरीब र गरीबिको रोग हो । मुटु रोग , चिनीरोग हुँदो हो त अरबौको बजेट आउँथ्यो होला तर यसमा स्वास्थ बजेटको १ प्रतिशात भन्दा पनि कम अर्थ छुट्टयाईएको छ ।

खबरदारी गरौं । आउ सबै मिलेर मानसिक रोगलाई हाम्रो समाजबाट हटाउँ ।
आजको छलफलको बिषय हुनेछ अवशाद भन्नाले डिप्रेसन ।

यो एउटा अन्तरक्रिया हो र तपाईको सहभागीताका लागी यहाँ प्रश्नहरु राखीएको छ ।

बितेको ६ महिनामा तपाईको जीन्दगीमा के कस्ता घटनाहरु घटित भए र परीवर्तनहरु अाए ?
बितेको १५ दिन कस्तो रह्यो ?
तपाइले बुझेको डिप्रेसन के हो ?
मानसीक समस्याहरुसँग तपाई कसरी जुध्नु हुन्छ र कसरी जुघिरहनु भएको छ ?

बुझ्नु पर्ने फरक –
यस्तैनै धेरै मान्छेहरु मनोबिज्ञलाई सडकमा पनि आफ्नो पसल चलाउने ज्योतीष ठान्दा रहेछन् अथवा त्यस्तै कर्म जो हात हेरेपछि सबै कुरो थाहा पाउने भनेर दाबी गर्छ । हो हात या मुख हेरेपछि मान्छे कहाँ जान खोजीरहेको छ , के पिडा बोकिरहेको छ र के गर्न खोजीरहेको छ आँकलन त पक्कै हुन्छ । मनमा जे छ मुखमा त्यही देखीने हो । आफुले सोचेको गन्तब्य हातमा कुँदीने हो , चिनाको नक्षत्र गणितमा देखीने हो । यो सडकमा बसेका जोगीहरु , हस्त बिधहरु या आफुलाई ज्योतीष भनेकाहरुले गर्न सक्ने या दाबी गरेको कुरो ।
हामीले जानेकोे ज्योयोतिष शास्त्र नक्षत्र र अंकहरुसँग खेल्छ । शायद ज्ञाताहरुको लागी यो गणित र बिज्ञान हो । यता मनोबिज्ञान तथ्यपरक र बस्तुपरक हुन खोजेको छ , भन्छ यस्तै । भन्नाले उ देखेको, सुनेको, बोलेको र नापेको कुरामा ज्यादा महत्व दिन्छ । यसरी हेर्दा के देखिन्छ भने मनोबिज्ञानले पहिला एउटा समस्यालाई बिस्तार गरेर हेर्छ र बल्ल त्यसमा गणित (तथ्याङ्क) जोड्छ र सार निकाल्छ ।

शायद ज्योतीषशास्त्र प्रकृती , नक्षत्र, ग्रह र गरुत्वाकर्षण मा धेरै आधारहरु खोज्छ तर मनोबिज्ञान ब्यक्तिबादीतामा आफ्नो आधार माग्छ ।

यस मानेमा दुबै बिज्ञान हिट एण्ड ट्रायल हुन् , प्रहार र परीक्षण गर , प्रयोग – जाँच गर र थाहा पाउ । यता बिज्ञान आफैमा प्रहार र परीक्षण हो र यहाँ पनि निरिपेक्ष भन्ने त्यस्तो केही दृष्टान्त छैन ।

अझ आधुनिक चिकित्सा र मनोचिकित्सामा त कुनै रोग भनेर तोक लगाउनु अगाडी रोगीको स्वीकार्यता माग्नुपर्छ , मागीन्छ । यसलाई मनोबैज्ञानीक सम्झौता (Psychological Contract) भनिएको छ । यस अर्थमा मनोबिज्ञान  र ज्योतिष शास्त्र बिल्कुलै फरक बिज्ञान हुन तर पनि जसको साईनो गणित मार्फत जोडीएको छ ।

र आजै देखी यो कुरा स्पष्ट होस् ज्योतीष र मनोबिज्ञहरू कुनै पनि हालतामा एउटै कसिमको काम गदैनन् ।

प्रश्न उठ्छ के भैेतिक बिज्ञान र गणितका स्थिराङ्कहरु निरिपेक्ष हुन् त ? के शुन्य एकं निरिपेक्ष अंक हो त ? के बिज्ञान आफैमा सम्पूर्ण ज्ञान हो त ? के त्यहाँका दृष्टान्तहरु निरिपेक्ष हुन् त ?

यी प्रश्नहरुको  निरिपेक्ष उत्तर छैन र जबसम्म यी दृष्टान्तहरु सापेक्ष रहन्छन् तबसम्म प्रकृती र मानव बिज्ञान सम्भावनाको बिषय हुन जान्छ । यसमा मनोबिज्ञान पनि अपबाद रहेन । सम्भावनामाथी हामीले तथ्याकं लगाएर खेल्ने हो र सक्छौ , र त्यहींबाट बस्तुहरु र बिचारहरु निर्माण हुने हो ।

न्युटनको चालको तेस्रो नियमले भन्छ – हरेक क्रियामा त्यतीनै तर बिपरीत प्रतिकृया हुन्छ ।  यो बिज्ञानको कुरो भयो । तर मनोबिज्ञान गणितमा भन्दा तथ्यमा आधारीत रहन्छ । माया प्रेम जस्ता बिश्वासहरुलाई चलाएमान मान्ने हो भने मायाको प्रतिकृया घृणा हुँदैन । कसैले कसैलाई गरेको माया या घृणा बराबारको प्रतिकृया पनि आउँदैन । किन त ? अाम मान्छे जस्तै मनाेबिज्ञहरू पनि भन्छन्– हुन त बिश्वास , आस्था , भावना बराबर लिनु दिनुपर्ने हो तर साँन्सारीक जीन्दगीमा समाजीक ब्यवधान र वैयत्तिक – पारीवारीक झन्झट – झमेलाहरुको पत्र पत्रहरु यति धेरै थुप्रिएका छन् कि उनीको र मेरो माया बराबर हुनै पाउँदैन । मनको जीजीबिषाहरुको (मनोबिज्ञानको) लेनदेन बराबरको हुँदैन र आशा पनि गर्नु हुँदैन ।

बिद्वानहरु संसार शब्दै शब्दको शब्दजाल मात्र हो भनेर बुझ्छन् , कुर्लन्छन् । आधा सत्य यो पनि हो । त्यसैले शब्दहरु रोग हुन्, शब्दहरु सुख हुन् , शब्दहरु उपाय हुन् र शब्दहरु समाधान हुन् । शब्दहरुको रासलीला बुझ्नेले रोगहरु उल्टायाउन सक्छ , उपायहरु निकाल्न सक्छ ।  अहिलेको आधुनिक मनोबिज्ञानले शब्दहरुसँग धेरै नै पैंठाजोरी खेल्छ र त्यसैलाई लगाएर मनोपरामर्ष गर्छ , थेरापी गर्छ , बिचारहरु सुल्झाउँछ , बिचारहरु बढ्याउँछ , बिचारहरु रोप्छ, बिचारहरुलाई बिकास क्रममा लिएर जान्छ । यसरी शब्दहरुलाईनै लगाएर आधाआधी मानसीक रोग सुल्झाउनुपर्ने हुन्छ जुन मनाेपरामर्षमा भईरहेकाे छ।

निर्कयौल यो हो कि बिज्ञानका आयामहरु सम्भावनाका बिषयहरु हुन् ।

अब हामी हाम्रो अन्तरक्रियाको मुख्य पाटो तर्फ लागौं - डिप्रेसन ।

आम मान्छेले बुझेको डिप्रेशन निराशा हो । तर यो कुरा स्पष्ट होस्  निराशा यसको एक लक्षण मात्र हो । डिप्रेशनको नेपाली रुपान्तरण हो अवशाद । के हो त डिप्रेशन ? के यो रोग हो या समस्या ? यो शब्दजाल हो या के हो ?
रोग पत्ता लगाउने कामनै मुख्य चासोको बिषय हो र उपचारको पहिलो र आधाआधी खुड्किलो । रोगको बारेमा प्रश्न गर्न सक्नु आफैमा आधा उत्तर थाहा पाउनु बराबर हो । प्रश्न गरे पछि लक्षणहरु थाहा पाईन्छ , सुनिन्छ र देखीन्छ ।
उसले के कुरालाई समस्या देखीरहेछ , कसरी देखरहेकोछ ?
उसको शरीरीक  अवस्था र मनका भावहरु के कस्ता छन् ?
उसको खाना , निन्द्रा र यौन चाहना के छ ?
उसको एकान्त प्रियता सृजनशील दृश्टी हो या ग्लानी ?
कहिं उ समस्याबाट भाग्न त उ खोजीरहेको छैन ?

चिकित्सक , मनोचिकित्सक, मनोबिद्, स्वास्थ्य कार्यकर्ता , मानसीक स्वास्थ्यको बढोत्तरीमा लागेका स्वयंसेवी , आदी निम्न बस्तुपरक लक्षणहरुको त्यान्द्रो समातेर अवशाद हो होईन निर्कयौल गर्छन् र त्यसै अनुरसार उपचार ।

 बितेको २ हप्ता या बिगत केही समय देखी या धेरै समय अघि देखी तपाईमा पनि निम्न जाँच – परीक्षण सुचीमा भएका लक्षणहरु देखापरीरहेका छन् भने तपाईलाई अवशाद हुनसक्छ । सावधान , यी यस्ता लक्षणहरु देखापरेमा तपाई परीक्षणका लागी स्वास्थ्य केन्द्रसम्म जान त सक्नुहुनेछ तर कुनै किसिमको चिकित्सीय ठहर गरेर आफ्नै उपचार गर्न भने होइन । त्यसका लागी मानसीक स्वास्थ्य क्षेत्रका ज्ञाताहरुनै उपयुक्त  दक्ष प्राबिधिक हुन ।

हालैका दिनहरुमा निराशा , हताशा , दुष्चिन्ता आदीलाई पनि मान्छेहरुले अवशादकाे नाम दिएर लहडै लहडमा कडा खाले अाैषधि खाने जोखीम लिएको पनि देखीन्छ जसले कालन्तरमा अरु धेरै समस्याहरु निम्त्याउने स्पष्ट छ ।
लक्षणहरु शारीरीक, जैबिक, मानसीक र ब्यवहारजन्य किसिमका हुन्छन् । तिनिहरूले आफ्नै किसीमको दवाब र बिसन्चो मानबीय आरोग्यता माथी थुपारीरहेका हुन्छन् । तर हालको लागी हामी सार संक्षेपमा निम्न लक्षणहरुको जाँच सुची हेछौं ।

१) निरन्तर दुखी , उदास , दिक्दार हुनु र जीवन प्रति त्रासदी बढेर जानु । रमाईलो प्रत्याभुती नहुनु  या कतै रमाउने प्रयास नगर्नु।

२) हतोत्साही हुनु , स सानो  कुरामा खीन्न हुनु र आफुलाई लाचार देख्नु । ठाउँ कुठाउँ आफुलाई पिडित पाउनु । आफु या अरुलाई गाली गर्नु र ग्लानीबोधले ग्रस्त हुनु ।

३) आत्मविश्वास र आत्ममुल्याङ्क घटेर आफु र आफ्नो जीन्दगीलाई बोझ ठान्नु र भविश्यलाई अन्धकार । मनमा आत्महत्याको बिचारले जरो गाड्नु ।

४ ) दिनहुँको जीन्दगी प्रति जाँगर हराएर जानु । अर्थोपाजन र सामाजीक कार्यमा रुची कम भएर एक्लिदैं जानु र एकान्तमा रहनु ।

५) एकोहोरीनु, सोच्न र सम्झिन नसक्नु , बिर्सने बानी बढेको भान हुनु । ब्यवसाय र नोकरीमा गयल भईरहनु ।

६) अन्त्यहिन गुफा भित्र उज्यालोको खोजीमा निरन्तर हिंडिरहेको जस्ता किसीमका सपना दिनहुँ जसो देख्नु ।

७ ) निश्चित समय , मौसम र रीतुहरुमा छट्पटि र त्रास बढीरहेको पाउनु ।

८) अवशादका बिरामीहरुमा निर्णय क्षमता र ध्यान कम हुँदै जान्छ । साथसाथै यसका दिर्घ रोगीहरु जोखीमजन्य जीम्मेवारीबाट सँधै टाढा भागेको जस्तो देखीनु , आर्थीक सामाजीक पक्ष उकास्न नसक्नु र समाजले असफलको बिल्ला भिराईदिनुले पनि समस्या जटिलता तर्फ जान्छ ।

९) बिहानपख हात र गर्धनमा रगत जमेको जस्तो र झम्झमाउने हुनु । शरीरका अंगहरु सुस्त भएझै या कामीरहेको पाउनु । ब्लड प्रेसर घट्दै गईरहेको आभाष हुनु ।

१०) बोल्ने चाहना , भोक , निन्द्रा , यौन चाहनामा धेरै जसो कमि हुनु । एकदमै न्युन प्रतिशतमा भोक र बजन बढेर जानु ।

११) कब्जियतले जरो गाड्नु र महिनावारीमा पनि गड्बढी हुनु ।

१२) डिप्रेशन कडा हुँदै जाँदा भ्रमात्मक लक्षणहरु – नभएको कुरा देख्ने, सुन्ने , बिश्वास गर्ने जस्ता मनाेभावनाहरू उत्पन्न हुन्छन्।

माथीका १२ मध्य कुनै ७ लक्षणहरु निरन्तर र बोझील रुपामा मान्छेको मनोबिज्ञानलाई गाँजीरहेको छ भने अवसाद हुँदै गईरहेको ठहर गर्न सजीलो हुन्छ । तनाब, दुष्चिन्ता , निराशा हुँदै अवशादमा पुग्न यो रोगले एक उल्लेख्य समय र कालखण्ड भाेगेकाे हुन्छ ।

अवशादका आर्थीक मनोसामाजीक कारणहरु त छन् नै त्यसका बाहेक जैवीक रसायनीक कारणहरु जस्तो कि स्नायु रसायनको घडबढीले यो रोग उत्पन्न हुने यथेष्ट काराणहरु जुटाईदिन्छन् । पारीवारीक कलह , सामाजीक कुरुती , ऐतीहाँसीक बेथीति , भौगोलीक स्थीति, बंशाणुत कारण, आदीले रोगलाई अझ जटील अन्तरक्रियामा पुर्याईदिन्छन् ।

जब जीन्दगीको समग्रताबाट आशा हराएर जान्छ र हरेक घटनाहरुको पाटो मान्छेले नकरात्मक रुपमा लिन थाल्छ , जब मान्छे आफुलाई दिन हिन , असाहय, बिवश देख्न थाल्छ , जीन्दगीको दिनहुँ पाटोमा रुची हराएर जान्छ र शारीरीक उर्जा एकदमै न्युन हुन जान्छ तब हामी मानसीक स्वास्थ्य कर्मिहरु त्यसलाई आवशाद या डिप्रेशन भन्छौं । यसमा अरु किसीमका दुष्चिन्ता र तनाबहरू पनि हलक्कै बढेर जान्छन् र त्यसका शारीरीक मानसीक लक्षणहरु पनि देखा पर्न थाल्छन् , सक्छन् ।

मानीस जे छ ,जस्तो छ , जसरी सोच्छ , जुन किसीमको ब्यवहार गर्छ त्यो सबै उसको स्मरणले सिकेको , सिकाएको हाे र गर्ने हो । हामी भित्रकाे म र म भित्रको अहं स्मरण हो । हामी जे हौ त्यो स्मरण हो । जब यो स्मरणमा बिभिन्न कारणले प्रहार हुन्छ र अाघात पर्छ तब मान्छे बिक्षिप्त हुन्छ र बिभिन खाले मानसीक रोगहरु उसकाे मनाेबिज्ञानकाे सतहमा देखा पर्न थाल्छन् । त्यसैले त भनीन्छ सहि सोच , सहि स्मरण गर र गराउ ।
मान्छेको मन एउटा अध्यात्म हो । जब त्यो खाली हुन्छ त्यसले एउटा भरपाई खोज्छ । त्यो भरपाई कुलत हुन सक्छ या बिग्रिएका , भत्कीएका , भत्काउने बिचार या उर्जाहीन गन्तब्य । जीन्दगीलाई खाली राख्न सकिन्छ , मान्छेहरुले सन्यास लिईरहन सक्छन् तर मनमा केही सृजनशील कुराहरुको खान्की दिईरहनुपर्छ । मनलाई काममा लगाउने मान्छे , बौद्धिक काम गर्ने मान्छेलाई स्मरण सम्बन्धी अल्जाईमर्स रोगले पनि त्यती छिटो छोप्दैन ।

तर यस कुराले महत्व राख्छ कि दुखी मात्र हुनु या निराश मात्र हुनु मात्र डिप्रेशन होइन , समग्र कान्ति क्षय भएर जानु डिप्रेशन हो । भोक पनि घट्ला , निन्द्रा पनि घट्ला, जैवीक चाहनाहरु घट्लान् र आत्महत्याको सोच पनि आउला तर उर्जाहीन मन र शरीरनै यस रोगको मुख्य लक्षण हो । मनको अध्यात्ममा उर्जा थपे उपचार हुन्छ ।

यसका केही लक्षणहरु बारे तपाईहरु पनि जानकार हुनुभएको छ । यदी तपाईले चीनेजानेका या अरु कसैलाई यस्ता लक्षणहरु देखापरेको भए त्यो समस्या अवशाद हो भन्ने पनि बुझिसक्नु भएको छ । जान्नुपर्ने कुरा के छ भने धेरै जसो लक्षणहरु वैयक्तिक हुन्छन् र एक ब्यक्तिमा देखापरेका लक्षणका अनुहारहरु अरुका अनुहार संग नमिल्न सक्छन् । अब यी बिरामीहरुको अर्को गन्तब्य भनेको मनसीक स्वास्थय केन्द्रमा स्वास्थ्य कर्मिको साथ पुर्याउनु हो । कृपया लिएर गईदिनुस् र समग्र समाज, समुदाय र देशमा उर्जा थप्ने काममा सहयोगी बनिदिनुस् । अर्थशास्त्रले मान्छेलाई पुँजी बुझ्छ र त्यो बढाउन सहयोगी बनिदिनुस् ।

जब शारीरीक रोगको उपचार हुन्छ तब मान्छे निको हुन्छ तर जब मानसीक रोगको उपचार हुन्छ मान्छे सन्चो भएर आरोग्यता आत्मसाथ गर्छ र अझ सकरात्मक बिकासक्रममा जान्छ । त्यसैले उपचार गर्न ढिलो नगरौं , यो आफुलाई परीस्कृत गर्न पाउने मौका हो ।

अब उपचारको पहिलो खुड्किलो के त ?
सबै किसीमका मानसीक रोगको उपचार बहुआयामीकनै हुन्छ । खान पान , आहार बिहार ,घर, गाउँ , ब्यवसाय , समाज , साथीभाई इष्टमित्र आदी , ईत्यादी सबै पक्षमा ब्यवस्थापन गर्न सके र नयाँ संरचनामा ढाल्न सके कुनै पनि मानसीक रोग निको हुने सम्भावना बढेर जान्छ किनकी जीन्दगीको धेरै पक्षमा गडबडी आएर समस्या उब्जीएको हुन्छ र त्यसलाई त्यसरीनै सबै पक्षमा काम गर्दै र ब्यवस्थापन गर्दै लिएर जाने हो भने रोग निकोनै हुन्छ । एक हिसाबले उपचार भनेको भत्कीएको मनको Reverse Engineering हो , साथसाथै जीन्दगीका नयाँ आयामहरु थप्ने प्रयास पनि। हरेक कुरा सबै कुरा होईन , जीन्दगीमा बिकल्पहरु छन् र बिकल्पहरुको आत्मसाथनै उपचार हो । जीन्दगीका सबै प्वालहरुलाई ति बिकल्पहरुले टाल्ने हो नयाँ बिकल्पको ईटा पनि हाल्ने हो । अतित त गईसक्यो , भविश्य आउन बाँकी छ तर बर्तमानमा बाँच्ने हो ।

हाल चलनचल्तीमा रहेका उपचार पद्धतिहरुलाई हामी बुँदागत रुपमा हरौं ।
१)मनोपरामर्षबाट बिग्रीएका सम्बन्धहरुमा अन्तरक्रिया बढाईदिने ।
२) कग्निटिभ बिहेभेरीयल थेरापीले या संज्ञानात्मक ब्यवहारजन्य उपचारले बिचार सन्तुलन र तनाब बहनमा क्षमता बढाइदिने काम गर्छ ।तनाब र चिन्ताका कारकहरूलाई स्वयम् बिरामीलाई बुझाउनमा याे उपयाेगी देखीएकाे छ । सामुहिक सृजनात्मक थेरापि पनि जीन्दगी र समाजलाई बुझ्न र लक्षणहरू स्खलन गर्न सहयाेगी छन् ।
३) परीवार, साथीभाइ र हेरचाह गर्नेको साथ सहयोगमा आहार बिहार , ब्यायाम, योग, अाैषधि सेवनमा निरन्तरता दिनुपर्छ । बिरामीलाई सकेको कामको जीम्मेवारी दिनुपर्छ ताकी उसको अध्यात्म मन सृजनशील र उर्जाशील रहिरहोस ।

तपाईहरु सतर्क रहनुपर्छ किनकी उपचार नगरीएको , आधा-आधी या सतहिमा उपचार गरीएको कडा खाले मानसीक रोग सधैंजसो अवशादकाे रुपमा थिग्रीन्छन् किनकी अवशाद मानब ईतरहरुको क्रम बिकासको पहिलो चरणमानै देखापरेको जैबिक - मानसीक रोग हो ।

अवसाद उर्जाहिनता र निष्कृयताको रुपमा पहिलो पल्ट देखापरेको हो । जस्तो कि महिलाहरु गर्भवति अवस्थामा ९ महिना आँशीक निष्कृय रहन्छन् । बच्चा जन्माउनु अघि र पछि केहीलाई त साँच्चीकै नरम या कडाखालको मात्रीय अवशाद हुनसक्छ ।
चमेराहरु र धुब्रिय भालुहरु पनि जाडोको समयमा आफ्नो जैबिक प्रकृयालाई न्युन गरेर , स्वासलाई रोकेर र शारीरीक ताप न्युन गरेर ओडारहरुमा सुरक्षित बस्छन् जसलाई शीत निन्द्रा या Hibernation पनि भनिन्छ । डिप्रेशनको पहिलो खुड्किलोको यो दृश्टान्त हो ।
यस बाहेक यो नौलो अवधारणा डिप्रेशनको रोकाथाम र उपचार मितब्यगी होस् भनेर अघि सारेको छु ।
टि बि उपचारमा जस्तै यसलाई पनि डाईरेक्ट्ली अबजबर्ड थेरापीको (DOT, Directly Observed Treatment Short  Course , DOTS) नाम दिन सकिन्छ । यो दिवा स्याहार केन्द्र र पुर्नस्थापना केन्द्रको मिश्रित रुप हुनेछ ।

यहाँ दैनिक रुपमा मानसिक स्वास्थ्य कर्मिको उपस्थीतिमा औषधि प्रदान गरीनेछ । यसका साथसाथै परामर्ष सेवा दिईनेछ र दैनीकी जस्तो बनाएर अरु सृजनात्मक उपचार पद्दतिमा बिरामीलाई लगीनेछ ।

यहाँ योग , ब्यायाम, ब्यवसायीक शीप आर्जन सम्बन्धि कक्षाहरु सन्चालन गरीनेछ । भोजन , पोषण , बसोबास सम्बन्धि अन्तरक्रिया पनि गराईनेछ । समाजमा पुर्नस्थापना हुन चाहीने सबै शीपहरु , बिचारहरु र ब्यवहारहरु सिकाईनेछ ।

सामान्य रुपमा भन्नु पर्दा निश्चित संख्याका बिरामीलाई महिनामा १२ दिन – हरेक दिन तिन घण्टा सँगै राखेर ६ महिना सँगै उपचार गर्न सकिनेछ , गरीनेछ । यसका साथसाथै रोगसम्बन्धी सुचनाको लेखा , रीपोर्टिङ्ग र राेगी माथी उपचारकाे असर पच्छयाउने काम पनि यो उपचार केन्द्रले गर्नेछ ।

मानसीक स्वास्थय बिभागको यो केन्द्रको मुल मन्त्रनै – ३ घण्टा आफ्नो स्वास्थ्यको लागी केन्द्रमा बसेर बिभिन्न उपचार पद्दतिका काम , ३ घण्टा बर्रबराउन पाउने छुट (कडा मानसीक रोग छ भने) , ८ घण्टा अर्थोपार्जको लागी ब्यवसाय र २ घण्टा परीवार साथीभाईसँगको साथ र ८ घण्टाको सुताई । हो रोग निको भएपछि त्यो ८ घण्टाको समय तपाई र्सिजनशीलतामा खर्चनुसक्नु हुन्छ या मनोरन्जनमा । कहाँ पुग्ने नपुग्ने तपाईको बिचार हो ।
यो दिवा स्याहार केन्द्रमा मानसीक स्वास्थ्य सम्बन्धि अरु के के गर्न सकिनेछ त ? तपाइहरुनै हामीलाई सुझाब दिनुहोस् ।

अहिलेको लागी शुभकामना किनकी तपाईले आफुलाई परीस्कृत गर्न पाउने मौका सम्बन्धी महत्पूर्ण ज्ञान पाउनु भएको छ ।

शुभ आर्शीबाद , शुभबिजया ।

राज बश्याल
मनोबिद्, अध्यापक  ।
www.facebook.com/classicejunkie
www.twitter.com/classicejunkie