Monday, September 14, 2020

संस्कृत, संस्कृति र प्रजननशिलता

कुनै पनि बिज-अन्न, चौपाया या मानीसको प्रजननशीलता खशी पारेर हटाईदिने हो भने त्यो सर्वागं रुपमानै बिषालु हुन्छ । बर्णसंकरहरुको (Hybrid, Genetically Modified) गति पनि त्यही हो ।

हाम्रा संस्कृतिका राम्रा पक्षहरुलाई पनि यस्तै खशी पार्ने प्रयास गरीदै छ । पश्चाीमा अतिक्रमणको नयाँ स्वरुप भनेकै यस्तै-बिस्तारै दव्न्द र बिषका कुबिचारहरु रोप्ने हो ।

The story behind Bhoto Jatra - Visit Nepal and know the unusual myth of  specific festival - Himalayan Summit Treks and Expedition


स्कुलका पाठ्यक्रमहरुबाट पहिला संस्कृत र बैदिक बिज्ञानहरु हटाईयो, हाम्रा संस्कृती र रीतिरीवाजहरुलाई बंग्याएर प्रस्तुत गर्न खोजींदै छ । साँच्चै मान्छे र बिचारहरु खशी पार्ने योजनामा शत्रुहरुलागेका छन्।

राम्रा मान्छेहरुलाई पाखा लगाउने र द्वन्दका रक्तबिजहरु डोर्याउने परीपाटी बस्न थालेको छ । यस्तो लाग्छ लुटतन्त्रनै उत्कृष्ट तन्त्र हो भनेर स्थापित गर्न खोजीएको छ । जनतालाई हरेक किसीमले असुरक्षमा राखेर आगामी चुनाबका लागी मुद्दा बनाउने प्रयास गरींदै छ।

देशलाई माया गर्ने हरेक सनातनीहरुले यो कुरा बुझ्नुपर्ने देखिन्छ । यस्ता कुतत्वहरु चिनेर ति बिषाक्त बिचारहरुको जरानै उखेल्नुपर्ने भएको छ।

हामी नेपालीहरुकै समग्र प्रयासले एकदिन अवश्य बिहानी आउँछ र सत्यता स्थापित हुनेनैछ ।

=====================



सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घुम्थाङमो पहिरोमा दिवंगत हुने सबैमा हार्दिक श्रद्धान्जली ।

दैबि प्रकोप पिडित देश भरीका सबैका लागी राहत, क्षतिपूर्ति, पुनःस्थापना र सुरक्षित बसोबास अनि रोजीरोटीको शिघ्र अति शिघ्र ब्यवस्था होस्, घाईतेको उपचार होस् र बेपत्ताको खोजी होस् । दैबि प्रकोप पिडित यस्ता ठाउँहरुको अध्ययन-अनुसन्धान होस् ताखी भविश्यमा यस्ता खाले दुर्घटनाहरुबाट मुक्ति मिलोस ।

सरकारको मुख नताकेर ससमुदायलेनै यो जीम्मेवारी लिन सक्छ ।

हाम्रा समुदायहरुलाई अझ क्रियाशिल र बलियो बनाउनुपर्ने देखिन्छ ताकी हरेक किसीमका अतिक्रमणहरु बिरुद्ध लड्न सकियोस ।

जय शम्भो, जय नेपाल।

No comments:

Post a Comment

Please don't insert any pop up links or advertisements link. Please remember to send your comments in just English or Nepali or Hindi.