Monday, October 16, 2017

पोष्ट ट्रम्याटीक स्ट्रेस डिसअर्डर (PTSD)


पोष्ट ट्रम्याटीक स्ट्रेस डिसअर्डर (PTSD) या बिपत्ति पछिको तनाब केन्द्रीत आघात (छोटकरीमा मानसिक आघात) एउटा यस्तो किसीमको मानसीक बिकारको (स्थीति) हो जसको बिकास तब हुन्छ जब एक मानीसमा यौनजन्य हमला , युद्धइतर परीस्थीतिको समाना , आतंक , डरधम्की , आक्रमणको सम्भावना , सवारी दुर्घटना , प्राकृतीक बिपत्तिको सामना या अरु कुनै जटिल परीस्थीति जसलाई आफ्ना सीमित मानसीक , शारीरीक, सामजीक – आर्थीक सहयोग र नियत्रण भन्दा बाहिरबाट प्रतिरक्षा गर्नुपर्ने हुन्छ ।
२०७२ सालको महाबिपत्ति पछि धेरै भुकम्प पिडित माझ यो समस्या तड्कारो रुपमा देखा पर्यो । कुनै किसीमको बिपत्ति लगत्तै यो समस्याले सताउँछ नै भन्ने छैन किनकी बालबालीकाहरुको मष्तिष्कले खेल मार्फत यसका असर , जोखीम र सम्भावनाहरुलाई न्युनिकरण गरीदिन सक्छ ।
यौन जन्य आधात सहेका र बालब्यभिचारमा परेका अधिकांशहरुमा भने यसले दिर्घकालीन समस्याको रुपमा उनीहरुको मनोसमाजीक बृत्तमा असर गरेको पाईएको छ । यस्तै सशस्त्र द्वन्दको बेला या पछिको स्थीतिमा यो समस्या एकदमै टड्कारो रुपमा देखा परेको छ । यस्ता परीस्थिति जुझेकाहरुले आत्महत्या जस्ता अरु आत्मघाती प्रयास गर्ने गरेको देखीन्छ ।
पुरुषहरुको संख्याको अनुपातमा दूई गुना महिलाहरुमा यो बिकार देखीएको छ ।
समयमै उपचार नहुँदा यो समस्याले रोगी – पिडित मात्र होइन उनीहरुको परीवार , साथीभाईहरुको जीन्दगीमा पनि अरु धेरै जटीलता थप्न सक्छ । त्यसैले तपाईको परीवार , छिमेक , साथीभाई या उपचाररत संघ संस्थामा निम्न प्रकारमा लक्षणहरु भएका ब्यक्तिहरु फेला परेमा नजीकको मानसीक स्वास्थ्य केन्द्र , मानसीक अस्पताल या दक्ष मनोबिद् , मनोपरामर्षदाता , थेरापिष्ट या चिनेजानेको कुनै मनोसामाजीक कार्यकताहरुलाई तुरुन्त खबर गरेर उपचारमा सहयोग पुर्याउनु हुन अनुरोध गरीन्छ ।
जति छिटो यो या अरु कुनै मानसिक समस्याको पहिचान – निदान त्यतीनै प्रभावकारी समाधान ।
 भुकम्प जस्तो प्राकृतीक बिपत्ति या मानसीक आघात पर्ने कुनै परस्थीतिको सामना पछि पिडितहरु निरन्तर रुपमा आत्तिने , झगडिने या भाग्ने, डरलाग्दा सपना देखेर निन्द्रामा बर्रबराउने ,रात बिरात जाग्राम रही आफैसँग बोलीरहने , छट्पटिएको र अतिनै तनाबमा रहेको असामान्य ब्यवहार बिरामीहरु देखाउने गर्छन् । यस्ता बिरामीहरुमा चेतना हराए जस्तो , होश नभएर मान्छेलाई चिन्न र उनीहरुका कुराहरु पहिल्याउन गाह्रो भए जस्तो , एकदमै अलमलिए जस्तो बेसुरका पनि लाग्न सक्छन् । साथसाथै अरुहरु प्रति केही या धेरैनै शंकालु बन्न सक्छन् ।
 यसका बिरामीहरु चलचीत्रको पर्दामा जस्तै बिपत्तिका घटनाहरुलाई निरन्तर , क्रमबद्ध रुपले सम्झने (अस्वेच्छीक) र आत्तिने गर्छन् । आफुलाई बिपत्तिले या दुश्मनले लखटीरहेको मान्ने , आयो – आयो भनेर ठुलो स्वरमा कराउने या तर्सने , कुनै निश्चित त्रासदीको सुचक बिनानै एकदमै डराउने गर्छन् । पिडितहरु बिपत्तिको बेलामा आफुले यस्तो या उस्तो गरे भए हुन्थ्यो भन्ने र आफु त्यो बिपत्तिमा बाँचेकोमा ग्लानीबोध गर्ने गर्छन् । घटना घटेको प्रकृतीसँग उनीहरु टाढा रहन खोज्ने हुन्छन् ।
 बिरामीको स्मरण शक्ति पुरै रुपमा क्षीण भएर घटना सम्झन नसक्ने र ध्यान पनि बरालीएको जस्तो देखीने हुन सक्छ । साथसाथै उनीहरु आफु भावशुन्य भएको या आफ्नो शरीरमा कुनै अंगले काम नगरे जस्तो , आफु यस लोकमा नभए जस्तो बोध सुनाउँछन् ।
 यस्ता पिडितहरुमा निन्द्राको समस्या , चीढ्चीढेपन , रीसाहा प्रबृती (बच्चाहरुमा झगडालु या अभिभावक झम्ट्ने प्रबृती) देखापर्न सक्छन् । उनीहरु टोलाईरहने या एकदमै सर्तक भए जस्तो देखीने या कुनै पनि कुरामा त्यती ध्यान नभए जस्तो , आफैमा अलमलीए जस्तो पनि देखीन सक्छन् । यी पिडितहरु समाजीक रुपमा आफैलाई एक्ल्याउने प्रयास पनि गर्न सक्छन् या एकलकाटे हुन्छन् । यो एक्लोपन आत्महत्या या आत्मघाती कदमको प्रयासको कारक पनि बन्न सक्छ ।
 चिन्ता या निराशाले गाँजीरहेको परीस्थीतिबाट उम्कन पिडितहरु मध्यपान र दुब्र्यसनको शरणमा परेर यो र दुब्र्यसनको समस्या अझ बिकराल भएको देखीन्छ । हिजोको बारेमा धेरै सोच्ने , भोली त्रासदीपुर्ण भएको अनुमानले चिन्तीत हुने र आज बाँच्न नसक्ने जस्ता संसयहरु देखा पर्न थाल्छन् । साथै पुराना मानसीक रोग र उस्तै खाले घटनाहरुलाई अहिले घटेको घटनाले बिउँत्याईदिन र रोगीहरुलाई अझै पिडित बनाईदिन पनि सक्छन् । बास्तबमा मानसीक आघात पछि अवशाद, स्कीजोफ्रेनीया , उन्माद , दुष्चिन्ता , आदीका लक्षणहरु अझ संबेदनशील रुपमा देखापर्न सक्छन् ।
 बिपत्ति पछिको केही दिन भौतिक र शारीरीक राहतमै पिडितहरु अल्झने भएकाले तब मात्र समस्याका लक्षणहरु देखापर्न सक्छन् । यो क्रम ६ महिना पछि सम्म पनि चल्न सक्छ ।
 मनोबिज्ञ या मनोचीकित्सकको उचीत सल्लाह र अग्रसरतामा दुष्चिन्ता र अवसाध घटाउने औषधिको सेवन , उपचारका पद्दतीहरु (Therapy) , मनोपरामर्ष (Counselling) र रोकाथामका उपायहरु प्रभावकारी रुपमा बढाउन सके लक्षणहरु हराउँदै जाने र बिरामीको दिनचर्या स्वतस्फर्त हुँदै आरोग्यता बढ्दै जाने हुन्छ ।

Written for https://www.facebook.com/klubsetoghoda by https://twitter.com/classicejunkie

No comments:

Post a Comment

Please don't insert any pop up links or advertisements link. Please remember to send your comments in just English or Nepali or Hindi.