हुन त गगन जी ले लोककल्याणकारी उद्देश्य राखेर अनिवार्य स्वास्थ्य बिमाको कुरा ल्याउनु भएको हो र बिधेयक पनि स्वीकृत गराउन सफल हुनुभयो । तर उहाँले बुझ्नु जरुरी के छ भने शोक, शौच , स्वास्थ्य र सेक्स मान्छेका निजी सोच , ईच्छा र गोपनियताका बिषयहरु हुन् । यहाँ के गर्ने , कसरी गर्ने भन्ने कुरा तपाईको समाजबादले निर्कयोल गर्ने तथा बाध्य गर्न पाउने आधिकार राख्दैन।
मान्छेले आफुले कमाएको चाहेको कुरामा खर्च गर्न पाउनुपर्छ । यो नियमवालीले धेरै बिषयहरुमा राजश्व पक्क्ै बढ्ने छ र बढ्नुपर्ने देखीन्छ । अर्काको उपचारमा म किन खर्च गरु या भाँजो हालुँ , आम मानीसले यसरीनै सोच्ने छ । ओवामा केयरलाई हटाउनुपर्ने माग रीपब्लीकनहरुले यसै उछालेका होइनन् होला । यो बिमाको मुल्य बार्षिक जसो बढ्दैन भन्ने के छ र ? र के यो बिमाले सबै किसीमका उपचारहरु समेट्न सक्छ र ?
बिभिन्न किसीमका मानसीक र शारीरीक रोगमा मनोपरामर्ष र उपचार पद्दतिहरु बिभिन्न मुल्य र समय लाग्ने हुन्छन् । के यस्तो स्थीतिमा उपचारहरुमा एकरुपता होला । सबैभन्दा महत्वपूर्ण प्रश्न –
अनिवार्य बिमाका लागी स्वास्थ्यग्राहीहरुले तिरेको रकम बाहेक एउटा ठुलो बजेट कहाँबाट उठाउनु हुन्छ ?
गरीबिको रेखामुनी भएका सबै नेपालीलाई , लगभग ५० प्रतिशत जनसंख्यालाई , सरकारलेनै बिमा गरीदिनुपर्ने हुन्छ । रोजगारी सृजाना गरेर आफ्नो रजगजमा उपचार गर्ने बाटो खोलीदिने कि बिमाका लागी त्यत्रो ठुलो रकम र कर्मचारी तन्त्र जुटाउने ? के नेपाल त्यो ब्ययभार बोक्न सक्षम छ । नेपालको सन्दर्भमा सेयर मार्केट र बिमाले हामीलाई आर्थीक रुपमा उकास्ला या राहत देला भन्ने त नसोच्दानै राम्रो । ग्रामीण अर्थतन्त्रलाई उकास्ने प्रयास गरे बरु पर्यटन पनि उकासीन्थ्यो र नेपालीको आयस्तर पनि ।
जुन देशको अर्थतन्त्र ध्वस्त छ या छदैं छैन , जहाँ कण्डम , सीटामोल र जीवनजल पनि राहतको या कम मुल्यको जनतालाई उपलब्ध गराउनु सरकार बाध्य छ , जहाँ झाडा पखाललाले मान्छेहरु मरीरहेका छन् , जहाँ प्रशव पिडामा आमाहरु अस्पताल पुग्नु अगावै मरीरहेका छन् त्यहाँ आवश्यकता बिपरीत आदर्शहरुको कार्यान्वयन गर्न खोज्नुको तुष्टी – तुक के हो ?
तपाईका सल्लाहाकारहरुले बस्तुस्थीति बुझेका छैनन् कि ?
तपाइको बिमा सन्चालन गर्न तपाईका कर्मचारीहरु सक्षम छन् त ?
नेपालको बिमा प्रक्रिया आफैमा झन्झटीलो छ र आम मान्छेले यसको बारेमा बुझ्न त गाह्रो छ नै । यसका अलावा बिमा सन्चालन कसले गर्ने हो ? दाबी माग गर्ने तरीका के हो ? कहाँ गएर ? भएका बिमा कम्पनिहरुले पोलीसी त सजीलै बेच्छन् तर बिमा दाबी गर्ने प्रक्रियालाई लम्बेतान र बोझिलो बनाईदिएका छन् । अनिवार्य स्वास्थ्य बिमाकोे परीधि के हो ? के के सेवा सुबिधा यस अन्तर्गत पर्छन् , आम जनतालाई बुझाउनुहोस् । कतै अन्धाहरुको देशमा ऐना बेच्न लागेको त होइन ?
यो हिमालै – हिमाल , पहाडहरु , कन्दरा र कोप्चानै कोप्चाले भरीएको देशका उपचारका उपकरण र सामाग्रीहरु ति उच्च भेगहरुमा पुर्याउन गाह्रो छ । कर्मचारीहरु सुगम र दुर्गमको बहस र बहानाले गर्दा त्यहाँ जान खोज्दैनन् ।
नजीकैको काठामाडौंका सरकारी बिर हस्पीटलको भिड र अब्यवस्था अनि प्रसुतिगृहको नर्सहरुको किचकिचले स्वाभावले आम मानीसहरुको धारण नेपाली स्वास्थ्य क्षेत्र प्रति उदासीन छ । जहाँ उपचार या औषधि सित्तैमा बितरण गर्ने भनीएको छ , त्यहाँका कर्मचारीहरु नेप्रिएकै छन् , डाम्रीएकै छन् , आफैैले ब्यहोर्नुपर्ला जस्तो गरेर । मृगौला डायलीसले त्यती प्रभावकारी र पहँुच योग्य सुबिधा दिएको सुन्नमा आएको छैन ।
नेपालमा मात्र ७ वटा एअर एम्बुलेन्स भईदिए या हरेक प्रसुती गराउनु पर्ने अस्पतालमा न्युनतम २ जना मात्र भए पनि कर्मचारी – नर्स थपिदिए जनतालाई र जन्माउनुपर्नैलाई राहत हुन्थ्योकि ? बरु खोलामा गएर सन्तान जन्माउँछु यहाँ अब फर्केर आउँदीन भन्ने पिडित महिलाहरु पनि छन् ।
हाम्रो अर्थतन्त्रले थेग्ने भनेको ५ रुपैंयामा २५ को काम गरेर हो । अब यो बिमा अनुसारको कर्मचारी , प्रबिधिक र उपकरणहरु सबै ठाउँमा जुटाउनु पर्यो र एकरुपता ल्याउनु पर्यो । सम्भव छ , स्वीकार्य हो ? १०० रुपैंयाको मासुमा तिनसय रुपैंयाको मसला ।?
नेपाली स्वास्थ्य क्षेत्रमा अनिवार्य बिमा भन्दा पहिले गर्नुपर्ने काम धेरैनै छन । तपाईले शायद नसुनेका केही –
१) अरु क्षेत्रमा झैं प्रतिभा पहिचान – पलाएन – ब्यवस्थापन नेपाली स्वास्थ्य क्षेत्रले गति दिन र लिन नसकेको जीम्मेवारी हो । स्वास्थ्यकर्मि हुने बित्तिकै बिदेश हुँईकनुपर्ने बाध्यता भएका या नभएकालाई किन स्वास्थ्य कर्मि बनाउनु पर्यो या बन्न दिनु ? उनीहरुको समर्पण के का लागी र किन उनीहरु नेपालकै स्वास्थ्य क्षेत्रका लागी समर्पित भएर काम गर्न सकेका छैनन् त < त्यत्रो मिहिनेत गरेर आर्जेको ज्ञान र सिकेको शीप देशका लागी काम लाग्दैन भने के का लागी त ?
२) पहिलो चरणको काम त भएका मेडिकल कलेजलाई कजाउन एक चीकित्सा बिश्वबिधालय बनाउनु आवश्य भईसक्यो , छ । यसरी नियम र नियतीमा एकरुपता होला । अनि त्यो बिश्वबिधालय र त्यसका टिचिङ्ग अस्पतालहरु स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्न जरुरी छ न कि शिक्षा मन्त्रालय या त्रिभुवन बिश्वबिधालय अन्तर्गत । हो स्वास्थ्य मन्त्रालय भित्र एउटा शिक्षा बिभाग राख्न सकिन्छ ।
बिभिन्न बिश्वबिधालयहरुले दिने सम्बन्धन र त्यो अन्तर्गत भएका बिभिन्न भ्रष्टचारहरुको मियोनै यी दुई मन्त्रालयले सहि तरीकाले बाँड्न नसकेको जीम्मेवारीले गर्दानै आएको हो । नत्र डा . केसीको सबै मागहरु पुरा भए पनि स्वास्थ्य क्षेत्रका अरु धेरै समस्याहरु ज्यूँका तिहुँ रहने पक्का छ । त्यसैले स्वास्थ्यको काम स्वास्थ्य मन्त्रालयलेनै गर्दा राम्रो ।
३) नेपाल जडिबुटीको खानी देश हो । यहाँका सस्तमा र कौडिको भाउमा दिईएका जडीबुटीबाट बनेका महंगा औषधिहरु बिदेशबाट आयात भईरहेको अवस्था छ जसले औषधोउपचारको खर्च आकासीएको छ ।
हामीले हाम्रै प्रावीधिक , पद्दति र प्रकृतीक श्रोतहरु सन्चालन गरेरनै नेपालको स्वास्थ्य क्षेत्रलाई अधिकतम् जनमुखी र प्रभावकारी बनाउने हो । त्यसैले अब आयुर्बेदका चीकित्सकहरुले झैं एलोपथीका चिकित्सकहरुले पनि अनिवार्य रुपमा आयुर्बेद र अन्य प्रकृतीक तथा मानवीय चिकित्सा पढ्नुपर्ने नियम बनाउनु जरुरी छ भलै त्यो मात्र ६ महिनाको लागी किन नहोस् ।
प्राकृतीक तथा आयुर्बेदको औषधो उपचार र एलोप्याथीको पद्दतिले ५० – ५० प्रतिशतको जीम्मेवारी बाँडे भने मात्र नेपालको स्वास्थ्य क्षेत्र प्रभावकारी , समय सापेक्ष र देश – अर्थतन्त्र हितकारी बन्ने छ । समग्रताका आधारीत समायोजीत उपचार (Holistic-Integrated Medicine) पद्दतिनै नेपालको लागी समय सान्दर्भीक र सर्वसुलभ स्वास्थोउपचार पद्दति हो ।
४) लोककल्याणकारी अवधारणामा स्वस्थ्य क्षेत्र चलाउँछू भन्ने हो भने दास्रो चरणमा सबै मेडिकल कलेज र स्वास्थ्य निकाएहरु सरकारलेनै अधिकरण गरेर चलाउनु पर्ने देखीन्छ । बिभिन्न खाले स्वस्थ्यकर्मिहरुका लागी चाहीने काउन्सील या परीषद् बनाउन पनि स्वास्थ्य मन्त्रालयनै अग्रसर हुनुपर्ने देखीन्छ । जस्तो कि मनोबिज्ञान र त्यस अन्तर्गतका उपचारहरुलाई सम्बन्धन दिन एउटा परीषद् बनेको नै छैन र यस्तोमा दिईने सेवा सुबिधा कमसल खाले पक्कैनै हुने देखीन्छ र भएको छ ।
पहिले घर टाल्ने कि छाना छाउने भन्दा हामी घर टाल्ने कामलाई प्राथमीकतामा राख्छौं । हो बिदेश काम गर्न जानेलाई बिमा प्रति बिमती नहोला र जरुरी पनि छ तर स्वास्थ्य क्षेत्रमा जस्ता किसीमका संरचनागत ट्रुटी र बिसंगतिहरु छन् त्यसले नेपालीको बर्तमान र भविश्यको स्वास्थ्य समास्या माथी निकास देला भनेर कमैले बिश्वास गर्छन् । यस्तोमा अनिवार्य स्वास्थ्य बिमा नेपालीले किन्लान् त , चल्ला त ?
यो पनि पक्कै हो कि हालका स्वास्थ्य क्षेत्रका बिसंगतिहरुलाई छेउ नलगाईकन अनिवार्य बिमा ल्याईयो भने हिजोसम्म धेरै स्वार्थी समुहले थीलोथीलो बनाएको स्वास्थ्य क्षेत्र अब केही मुठ्ठीभरका स्वार्थी ठेकेदारहरुको हातमा जानेछ । अझ डरलाग्दो गरी स्वास्थ्य क्षेत्र भताभुङ्ग हुन बेर छैन र यसको बिश्वसनीयता गुम्ने अझ धेरै सम्भावना छ ।
त्यसैले यी सबै समस्याहरुले पार पाए तपाईको अनिवार्य बिमा प्रति कसैको बिमती हुने , रहने छैन । लागु गर्नु अघि अरु यथेष्ठ गृहकार्य गर्न नचुक्नु होला । अहिलेको नेपालीको आवश्यकता अनिवार्य बिमा भन्दा पनि स्वास्थ्य सन्चय कोष देखीन्छ र नेपालीहरुको अर्थतन्त्रले थेग्न सक्ने पनि त्यही हो । बिचार गर्नु होला ।
शुभ कामना ।
Discourse by Raj Basyal
राज बश्याल
मनोबिद्, अध्यापक ।
Email: raazjj@gmail.com
www.facebook.com/classicejunkie
www.twitter.com/classicejukie
No comments:
Post a Comment
Please don't insert any pop up links or advertisements link. Please remember to send your comments in just English or Nepali or Hindi.