अवसाद यानीकि
डिप्रेशनका लक्षणहरुलाई समेटिएर लेखिएको काब्यात्मक रहर ।
जिन्दगी फिक्का-फिक्का
जिन्दगी फिक्का-फिक्का किन लाग्छ यति सबेरै?
रंग बिहिन लोसे आकाश,
घाम
चिढ्चिढे छ ,
तर अँध्यारो यति औधि किन प्यारो लाग्छ ।
रात किन यति धेरै लामा,
निस्पट्ट
- अँध्यारा?
दिन किन यति धेरै उदास,
आँशुले
कोपिरहने?
साँझमा समुन्द्रका लहरहरु,
मनभित्रका
रहरहरु,
अक्रान्त
छट्पटि,
चन्द्रमाको आठ प्रहरहरु जस्तै मनस्थीती
बदलिरहन्छ झटपटि।
कान्तिक्षय,
ग्लानी,
बैराग,
अनुराग,
शंका,
दाग, बेस्वाद,
संसारनै भष्म,
म
रहन्न जस्तो घनाघोर अवशाद ।
सम्बन्धहरु अनि जिन्दगी,
ओडारहरुमा
यात्रारत हो कि?
हिजोको प्यारो मान्छे आज दुष्मन धृष्ट
भोकि?
हुँडार-हुँईया अनि गिद्धहरुरुको घेराबन्दिको
भ्रमित आभाष,
मात्र डर लाग्छ,
डर
लाग्छ,
डर
लाग्छ ।
हार कोट्याईरहुँ,
रीस
टोकिरहुँ,
कमि
कमजोरी गिज्याईरहुँ,
जिन्दगीलाई खोलखाल पारीरहुँ ,
छैन
उत्साह,
क्षणमै
निरास,
धेरैभो हराएको भोक,
छैन
एक घुट्की प्यास ।
हिजोको रमाईलो,
आज
किन लाग्छ अल्क्षी अत्यास,
जिन्दगी फिक्का-फिक्का, किन
यस्तो ढ्याङग्रो सन्त्रास ?
दोहोरो छट्पटि,
तेहेरो
नैरश्यता,
चारै
प्रहर भावबिभोर ,
यो घनघोर उदासी प्रश्न हो या उत्तर,
जिन्दगी मैले बनाउन नसकेकोनै हो
लोभलाग्दो बृहत्तर ।
अभाव आत्मबिश्वास,
आत्ममुल्याकंनको,
शंका
आफै माथि निरन्तर,
के मृत्युनै हो त सारा समस्याको उत्तर ?
हिजो, आज,
भोलि,
पर्सी
खुजमुजिएको अस्तब्यस्त देख्छु ,
सम्झनाबाट मिठा यादहरु उप्काउन खोज्छु ,
आशाहरु
गुनगुनाउँछु ।
सम्हालिन सक्दिन,
अनि
फेरी धुरु -
धुरु रुन्छु ,
फिक्का-फिक्का जिन्दगी ,
कसरी
,
रुमलिन्छु
झोक्रयाउँछु, गम्छु ।
आफैलाई रित्तो-गलत किन देख्छु हर प्रहर ?
खाली सहि गलतमा पर्गेल्ने यो कस्तो रहर ?
अन्तिम आशा निभेको ,
अभावहरु
चिच्याउँदै छन् उप्किएर ,
रोगी हुँ, होइन,
मथिंगल
अलमल्ल बर्तमानमा चिप्लीएर ।
आशाहरु, उर्जाहरु,
निदहरु,
भोकहरु
खुशीहरु गल्तीहरुको ढाकक्षेपमा,
चेतन, अवचेतन,
ध्यान,
निर्णय,
याद
सुस्त–धुम्म,
यो ब्यक्तित्व किन यसरी जंगीन्छ
बिचबिचमा झडंग ।
यथार्थ बाँङ्गो,
भ्रम
स्पष्ट पाउँछु,, सम्झनुपर्ने बिर्सन्छु,
अतितमा रुन्छु , फिक्का-फिक्का, बर्तमानमा
धेरैचोटि तर्सन्छु ।
ढाड दुख्छ कटकट,
मन
थचक्कै थाक्छ हरपल ,
दोष दृष्टिको , भ्रम जैबिक,
मिथ्या
गर्छ सलबल,
गुमनाम शहरमा लड्छु आफैसँग,
हारेर
यसरी पलपल ।
सत्यतासँग रक्षात्मक हुनुपर्ने यो कस्तो
लाचारी हो?,
नबुझिने राग ,
बैगुनि
बैराग,
जिन्दगी
असैह्य भो ।
क्षितिज होचो,
पिडा
गहिरो,
आँट
लाक्षि छ ,
चित्त साँघुरो ,
शंकालु
अनि अहम् बडेमानको छ ।
दुष्मन बदल्छु,
स्मरणमा
किन होंडल्छु क्षण क्षणमै?
अट्टहास्, उच्छावास्
तर जिन्दगी फिक्का-फिक्का
तनमनमै ।
हिजो, आज,
भोलि
सबै एकैसाथ जिउन चाहन्छु,
समय भुल्छु झसंग ,
बाटो
बिराउँछु , सम्झनुपर्नेलाई बिर्सन्छु,
।
बहुला होइन तर आफै जस्तोलाई बर्रबराएकै
देख्छु ,
कहिं पर चिबे मलाईनै गिंज्याउँदै
चिर्बिराएकै पाउँछु ।
शुद्धता खोज्छु,
वाक्क
लाग्नेगरी आफैलाई घृणित भेट्टाउँछु ,
सत्यतासँग भिड्न नसकेको म,
कायर
आफै कहलाउँछु ,
जिन्दगी अभिसप्त - सन्तप्त ,
मालिक
उ,
नोकरीमा
बहुलाउँछु ।
शिबनै परम हुन्,
शिबनै
धरम हुन्,
शिवनै
अघोर ,
फिक्का-फिक्का जिन्दगी,
किन
यस्तो दयाहिन कठोर ।
सुन्तला, कागति
खुर्शानी अनि अब घाममा रमाउछु ,
पौष्टिक खाना,
सच्चा
साथ सम्बन्ध जिवनमा खन्याउँछु ,
सकरात्मक मान्छेहरुको संगतमा जिन्दगी
आगे बढाउँछु ।
मृत्यु बिडम्वना हो तर बनाउँछु यसलाई
उत्सब ,
प्रेमालाप शक्ति ,
जिम्मेवारी
हो नकि तमसको महोत्सब ।
बिहानै हाँसखेल,
खेलकुद
अनि ध्यान, योगको भर,
निको हुन सरसफाई,
काममा
लगाउनु छ रहर ।
पुराना रीसहरु,
हिजो
- भोलि बिर्सिदिन्छु,
आजैमा
रमाउँछु ,
जिन्दगी रहने छैन अब फिक्का-फिक्का ।
राज
बश्याल
www.facebook.com/classicejunkie
www.twitter.com/classicejunkie
मिति
: १३ चैत्र २०७८ / 27.03.2022